सुनसरीको बर्जु गाउँपालिका स्थित चिमडी बजारमा नेपाल यादव सेवा समिति बर्जु गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनबाट बद्री प्रसाद यादवको अध्यक्षतामा नेपाल यादव सेवा समिति बर्जु गाउँपालिका समिति गठन भएको छ । सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा देवन्ती यादव, पर्शुराम यादव, सचिवमा जोगिन्द्र यादव, सहसचिवमा शिवनारायण यादव र कोषाध्यक्षमा रंजितादेवी यादव चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा लक्ष्मण यादव, आनन्द यादव, रामदेव यादव, राजाराम यादव, भुपेन्द्र यादव, रामाशिश यादव, प्रमोद यादव, मनोज(भोले) यादव, श्याम यादव, उद्धितनारायण यादव, मुगालाल यादव, मनोज यादव, शिवनारायण बी यादव, रामप्रसाद यादव, दयान्दन यादव, सुवोध यादव, सोनी यादव, विद्यानन्द यादव, रघुनन्दन यादव, इन्द्रादेवी यादव, उर्मिला यादव चयन भएका छन् ।

सल्लाहकारमा पूर्व प्रधानपञ्च बलराम यादव, रामसेवक यादव सहित पाँच सदस्य रहनुभएको छ ।

अधिवेशन कोशी प्रदेश सभा सदस्य रामदेव यादव प्रमुख आथित्यतामा सम्पन्न भएको थियो भने उक्त अधिवेशनमा नेपाल यादव सेवा समिति जिल्ला अध्यक्ष भुवनेश्वर यादव, सचिव जयकृष्ण यादव, कोषाध्यक्ष रमेश प्रसाद यादव, सदस्यहरू मनोजकुमार यादव, देव कृष्ण यादव, बुध नारायण यादव, रामासिश यादव, समितिको इनरुवा उपाध्यक्ष राजाराम यादव, भोक्राहा नरसिंह उपाध्यक्ष हरिलाल यादव, सुकदेव यादव, गढीका अभिनन्दन यादव, नेता विन्देश्वर यादव सहितको उपस्थित रहेको थियो ।