भोक्राहामा जिल्लास्तरीय कबड्डी प्रतियोगिता

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा प्रथम जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ स्थित रहेको खेल मैदानमा बिहीबारबाट प्रथम भोक्राहा नरसिंह जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको हो ।




भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालय र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को सहयोगमा जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो ।






























जिल्लास्तरीय कबड्डी प्रतियोगिताको एक भव्य कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका कार्यवाहक सभामुख हाजी इसराइल मन्सुरीले उद्घाटन गरेका हुन । बिहीबार र शुक्रबार गरी दुई आयोजना हुने जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेका छन् ।

जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष हैदर अलीको अध्यक्षतामा भएको जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मन्सुरीका साथै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष एवं नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी, वडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, जिल्ला कबड्डी संघ सुनसरीका अध्यक्ष तथा प्रशिक्षक तरुण यादव,

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका उपसभापति मुस्ताक मन्सुरी,सचिव कृपाराम मेहता, सहसचिव सेराज हुसेन, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र मेहता, सुनिल साह,
भोक्राहा नरसिंह गाउँपालीकाका वडा नम्बर ६ नेपाली कांग्रेस सभापति जमालुद्दिन मन्सुरी, सुकदेव मेहता, श्यामदेव महतो लगायतको उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रम नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा नम्बर ३ का सभापति सुनोज निरौलाले संचालन गरेका थिए ।