जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २६ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले ६८ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । दिवशमा शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय सनुसरीको आयोजना र जिल्ला अस्पताल सनुसरीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा प्र्रहरी उपरीक्षक विपिन रेग्मी, जिल्ला अस्पतालका मेडिकलसुपरिटेण्ट डा. श्रेया पङ्गेनी सहितको उपस्थितिमा ९ जना प्रहरी कर्मचारीले रक्तदान गरेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।