जिसान अांसरी । रविन पोदार

इनरुवा, कार्तिक २ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विहीबार प्रहरीले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक सहित प्रहरी पत्रकार बीचमा एकले अर्कालाई सुस्वास्थ्य, दिर्घायु, भाईचारा र आपसि सद्भावका लागि शुभकामना आदानप्रदान गरिएको हो ।

नेपालीहरुको महान चाडपर्व दशैको अवसर पारेर जिल्लाको शान्ती सुरक्षा सहित प्रहरी परिचालन र नयाँ प्रहरी उपरीक्षक विपिन रेग्मी र प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारी भदौ २१ गतेदेखी हाजिर भएपछिको एक महिने अवधीमा गरेको काम , कार्वाही र प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले नागरिकको शान्ती सुरक्षा, कानुनको पालन आफूहरुको पहिलो प्राथमिकता भएको शुभकामना कार्यक्रममा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताउनुभयो । चाडपर्वलाई लक्ष्ति गरेर संवेनशिल क्षेत्रहरुमा विषेश सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार एक महिनाको अवधीमा फरार अभियुक्त मध्ये ३० जना, लागु औषध कारोबारी मध्ये ३२ जना, चार जना थप भारतीय, गाजाँ एक सय १९ केजी ६०० ग्राम बरामद गरेको छ ।


यसैबीच प्रहरी र पत्रकार बीचमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अर्जुन सुवेदी, जयकृष्ण यादव, अजितकुमार झा, अमर काफ्ले, विकल रेग्मी, त्रिलोचन पौडयाल, गणेश यादव, विरेन्द्र साह, टोमराज मेहता,नसिम अंसारी सहित ३० जना पत्रकार र प्रहरीले शुभकामना राख्नुभएको थियो ।