इनरुवा, कार्तिक ४ गते । नेपाल सरकारको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री असोक राईले विद्यालय शिक्षा सहित शैक्षिक गुणस्तर अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
शिक्षा कार्ययोजनादेखि शिक्षक, कर्मचारी व्यवस्थापन, तालिम, छात्रवृत्ति, नियमन, विद्यार्थीको शिक्षण सिकाई लगायतका विषयमा समस्या रहेको पाइएकाले त्यसमा क्रमशः सुधार गर्दै शैक्षिक गुणस्तरमा सरकारको ध्यान केन्द्रित भएको राईले बताउनुभएको हो । जनता समाजवादी पार्टी नेपाल इनरुवा नगर कमिटिको आयोजनामा भएको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रमलाई इनरुवामा सम्बोधन गर्नुहुदै मन्त्री राईले सो कुरा बताउनुभयो ।


सरकारले शिक्षालाई प्रविधि र रोजगारसंग जोड्ने प्रयासमा समेत काम गरिरहेको बताउनुभयो । शिक्षा सबैलाई सधैका लागि चाहिने आधारभुत आवश्यकता भएकाले त्यसमा गुणस्तरको गुनासोलाई समेत सम्बोधन गर्न आफूहरु प्रयासरत रहेको बताउनुभयो ।
त्यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला यादवले शिक्षा र शिक्षक दुवैको समस्या समाधान गर्न आफूहरु लागि परेको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा दिनप्रतिदिन खस्कदै गएको प्रति सरकारको चासो रहेको र त्यसमा सुधारको प्रयास थालेको राज्यमन्त्री यादवले बताउनुभयो ।
इनरुवाको सत्यनारायण मन्दिरमा जसपाका नगर अध्यक्ष गोपाल यादवको अध्यक्षतामा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री राई र राज्यमन्त्री यादव सहित पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य प्रशुराम बस्नेत तथा पार्टीका नेता दिलिपचन्द साहु सहितले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा अतिथिहरु पार्टीका केन्द्रिय सदस्य तथा मधेस राष्ट्रिय समितिका अध्यक्ष कोशी प्रदेशको पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, पार्टीको केन्द्रिय सल्लाहकारद्वोय सत्यनारायण मेहता र भुवनेश्वर यादव, सहिद श्यामसुन्दर मेहताका पिता शिव नारायण मेहता, सहिद हरि मेहताका माता देवकी मेहता, मधेस आन्दोलनको जिउँदो सहिद उपनामले चिनिने रामी मेहता, नेत्री सीतादेवी यादव, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्रकुमार साह, एमाले नेता सरोज पोख्रेल, मधेस आन्दोलनको नेतृत्वकर्ताहरु एसएन मेहता, डिएन मेहता, बिरेन्द्र यादव, जसपा नेपाल कोशी प्रदेशका सदस्य देवकृष्ण यादव( गोबर्द्धन), जिल्ला अध्यक्ष भगिरथ खत्वे, उपाध्यक्षदोय हरिशंकर कर्ण र गुरुदेव यादव, शिक्षक फोरमका जिल्ला अध्यक्ष सुमन मेहता, समाजवादी युवा संघका केन्द्रिय उपाध्यक्ष शिवराम यादव, क्षेत्रिय अध्यक्ष रामचन्द्र मेहता, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन मेहता, पार्टीको हरिनगर अध्यक्ष धर्मबिर आर्य, भोक्रहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादव, गढि गाउपालिका अध्यक्ष ध्रुवनारायण चौधरी लगायतकाले समेत शुभकामना मन्त्वय राख्नुभएको थियो । कार्यक्रममा जसपाका नेताकार्यकर्ता सहित नगरका स्थानीय बुद्धिजीवी, व्यापारी, पत्रकार, विभिन्न दलका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष महेन्द्र खत्वे र समापनमा धन्यवाद ज्ञापन अर्का नगर उपाध्यक्ष सिंहेश्वर मेहताले भएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन मिलन मेहताले गर्नुभएको थियो ।


१, जनता समाजवादी पार्टी नेपाल इनरुवा नगर कमिटिको आयोजनामा बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोहमा मन्त्री सहितका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा