जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक ४ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवम् पुर्व उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा सबै वर्ग र समुदायलाई राज्यको मुलधार ल्याउनका लागि समावेशी सिद्धान्तलाई पूर्ण कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभएको छ ।


सुनसरीको इनरुवामा लोकतान्त्रिक समाजवादी पार्टी (लोपस) सुनसरी समन्वय समितिको आयोजनामा गरिएको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्नुहुदै नेता महतोले सो कुरा बताउनुभएको हो ।
नेता महताले सबै समुदायको जनसंख्याको अधारमा राज्यको हरेक निकायमा समावेसिता नभएसम्म संघीयताको महसुस नागरिकले गर्न नपाउने जिकिर गर्नुभयो ।


संघीयताको आधारमा राज्य वा प्रदेश बनाएर मात्रै नभई त्यसको लक्ष्य अनुसारको काम र चरित्र पनि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता महतोले मधेसी, आदिबासी, जनजाती, मुस्लिम र थारु सहित उत्पीडनमा परेका समुदायको अधिकार र पहिचानका लागि अझै लडाई लडनुपर्ने बताउनुभयो ।
अहिलेका शासकहरु अधिकार दिने भन्दा पनि भएको अधिकार खोस्ने प्रक्रियामा लागेको आरोप लगाउनुभयो । महतोले देशका प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पछाडी परेका समुदायको अधिकार नसमेटिएको संविधान बनाएको भन्दै अधिकारको लागि लड्दा गोलि ठोक्ने गरेको गुनासो गर्नुभयो ।


फरक प्रसंगमा कोशी प्रदेशमा एउटा मात्रै इनरुवा नगरपालिका वडा नम्बर ४ मा लोसपाका उम्मेदबारहरु जितेकाले उक्त वडा सहित जिल्ला र प्रदेशका सबै गाउँ–गाउँमा संगठन बिस्तार गर्न आग्रह गर्नुभयो । उहाँले अन्याय बिरुद्ध एकजुट हुन आग्रह गर्नुहुदै आआफ्नो पहिचान सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
यसैबीच जोसपाबाट स्थानीय तहमा निर्वाचित इनरुवा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बौवालाल मेहता, वडा सदस्य पन्चदेव यादव, गजरनाथ मण्डल सहित पाँच जनालाई सम्मान गरेको छ । सम्मानितहरुलाई प्रमुख अथिति महतोले खादा, माला र सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम लोसपाका जिल्ला अध्यक्ष रामनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सुनसरी समन्वय समितिको आयोजनामा इनरुवामा भएको बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोहमा लोसपा नेता राजेन्द्र महतो सहितका अथितिहरु ।


तस्विर ः जयकृष्ण यादव । इनरुवा