सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा गएराती आगलागी भएको छ । आगलगी परि मिथिला कृषि केन्द्रको भवन, विषाधी, खादमल, उपकरण र अन्य समान तथा संरचना जलेर नगट भएको छ । पसल भएको र मिथिला इगिलिस बोर्डिग स्कूलको भवनमा समेत क्षती पुगेको छ । आगलागीमा परेर १० लाख बढीको क्षती भएको मिथिला कृषि केन्द्र पसलका सांचलक रविन्द्र शर्माले जानकारी दिनुभयो । स्थानीयहरुले आगो नियन्त्रणमा लिएकाले बस्तीमा फैलिनबाट जोगिएको थियो ।