बडादसैंको दोस्रो दिन आज पनि टीकाजमरा ग्रहण गरिँदै

आज विजयादशमी अर्थात बडादसैंको दोस्रो दिन । मान्यजनको हातबाट आज पनि टीका जमरा लगाइँदै छ ।
हिजो नवदुर्गाको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद लिन नपाएकाहरुले आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम चलेको छ ।

उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न कोजाग्रत पूर्णिमासम्म बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैं मनाइने गरिन्छ। यो क्रम कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ ।