जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक १८ गते । सुनसरीको इनरुवामा हिन्दुहरुको दोस्रो महान पर्व तिहार लक्षित गरेको बलाहा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । इनरुवा नगरापािलका ५ बलाहाको लाटीदेवी महिला समूह र नेपाल धानुक समाजको आयोजनामा बलाहा सांस्कृतिक साँझको तयारी पुरा भएको हो । आयोजना संस्थाका संयोजक प्रमोदकुमार मण्डलले सनिबार पत्रकार सम्मेलनको आयोजना गर्नुहुदै जातजाती, भाषाभाषी, संस्कृति र संस्कारको सरक्षण गर्ने उदेश्यका साथ बलाहा सांस्कृतिक साँझको आयोजना गर्न लागेको जानकारी दिनुभयो । मण्डलले धानुक सहित मैथली, थारु, उराँव, नेवारी सहित स्थानीय समुदायको झाकी, कला कौशल प्रस्तुत गर्नुका साथै मनोरन्जनका लागि नेपाली राष्ट्रीय कलाकार प्रमोद खरेल, मैथली र भोजपुरीका करालाकारहरु सनुकुमार, भागवत मण्डल सहितको प्रस्तुती रहने जानकारी दिनुभयो ।
यस सांस्कृतिक साँझ कार्यक्रम गर्नुको मुख्य उद्देश्य संस्कृति, संस्कार र पहिचानका साथै बलाहाका अग्रज पूर्वजको पहिचान तथा सम्मान र बलाहा झोडा फडानीमा योगदान गर्नेहरुप्रति श्रदाञ्जली कार्यक्रम गर्ने रहेको मण्डलले बताउनुभयो । उहाँका अनुसार बलाहामा विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुनेहरुलाई सम्मान र सांस्कृतिक पहिचान दर्साउनेछ । कार्तिक २३ र २४ गते दुई दिने कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि व्यवसायीक, धर्म संस्कृति तथा बलाहामा रहनुभएका उच्च पदस्त व्यक्तिहरुलाई सम्मान तथा कदर पत्रबाट सम्मान गरिने जनाएको छ । बलाहा सांस्कृतिक साँझका क्रममा बलाहाबासिका सम्पूर्ण टोल तथा समुदायबाट जेष्ठ नागरिकलाई दोसला तथा सम्मान कार्यक्रम रहेको समेत जनाएको छ । यो कार्यक्रम सांस्कृतिक भएको र उक्त कार्यक्रममा सहयोगीबाट संकलन हुने आर्थिक सहयोगबाट बलाहाको लागि एउटा एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याउने लक्ष्य रहेको लाटीदेवी महिला समूहकी अध्यक्ष पुरनी देवी मण्डलले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल धानुक समाजका अध्यक्ष रामफल मण्डल तथा इनरुवा ५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल लगायतले बलाहा सांस्कृतिक साँझको आयोजना भव्यताका साथ गर्ने तयारी भएको जानकारी दिनुभयो । कार्यक्रम तालिका अनुसार बलाहाबासीको सह आयोजनामा हुने कार्यक्रमको पहिलो दिन कार्तिक २३ गते नेपाली राष्ट्रीय कलाकार प्रमोद खरेल र भागवत मण्डलको प्रस्तुती रहने छ भने कार्तिक २४ गते मैथली र भोजपुरी भाषाका चर्चित कलाकार सन्नु कुमार, भागवत मण्डल र आयुष राज मण्डल लगायतका कलाकारको प्रस्तुति रहनेछ ।


१, इनरुवा नगरापािलका ५ बलाहाको लाटीदेवी महिला समूह र नेपाल धानुक समाजको आयोजनामा हुने बलाहा सांस्कृतिक साँझको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रतिनिधिहरु ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा