इनरुवा, मंसिर ३ गते । इनरुवा नगरपालिका सहित विभिन्न स्थानमा लोकआस्थाको महानपर्व छठको अवसरमा आईतबार साँझ सूर्यलाई अर्घ दिएको छ । तीन दिनदेखी तयारी स्वरुप छठ घाट निर्माण गरेकाहरुले अस्ताउर्दै गरेको सूर्यलाई साँझ अर्घ दिएको हो । अर्घसगैं धुमधामका साथ छठ पर्व सहित सांस्कृतिक र मौलिक कार्यक्रमहरु समेत आयोजना गरिरहेको छ । जिल्लाको र देशको सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको महेन्द्रनगर, चक्रघट्टी, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र कोशी व्यारेज सहित दर्जन बढी स्थानमा छठको विषेश कार्यक्रम आयोजना गरेका छन् । जिल्लाको दुहवी स्थित बुढी खोला, गडन खोला, बबिया र भोक्राहा नरसिंह सहित हरिनगर क्षेत्रको सुनसरी खेलामा हजारौं छठ घाटमा अर्घ दिएका छन् । जिल्लाको सीमावर्ती देवानगञ्ज, बर्जु, कोशी गाउँपालिकाको लौकही, कोशी कटान, भाण्टाबारी सहितका स्थानमा हजारौ भक्तजनहरुले छठको घाटमा जाग्राम बसेका छन् ।


१, सुनसरीको शंकरपुर शाखा नरहमा निर्माण छठ घाटहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा