कोशीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत राई
सुनसरीको कोशी गाउँपालिकामा सातौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिलशेर राई आउनुभएको छ । राईलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न गाउँपालिकामा सरुवा भई आउनु भएकोमा मंगलबार स्वागत गरिएको छ । स्वगत गर्नुहुँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले स्थानीय तहको प्रशासनिक काम र विकासमा सुशासन सहितको सेवा गर्न आग्रह गर्नुभयो ।

राईको स्वागत कार्यक्रममा लेखा अधिकृत सूरप्रसाद दंगाल लगायत अन्य विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरु सहित गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो । स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले विषयगत शाखा प्रमुख एवं अन्य कर्मचारीहरुलाई चुस्तदुरुस्त भई सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । सोही अवसरमा बोल्नुहुँदै अध्यक्ष ऐयुब अन्सारीले सम्पूर्ण कर्मचारीहरुलाई स्वच्छ, निष्पक्ष एवं पारदर्शी तवरबाट सेवाग्राहीहरुलाई सेवाप्रवाह गर्न आग्रह गर्नुभयो । सबै कर्मचारीहरु भयरहित वातावरणमा काम गर्न निर्देशन दिनुभयो ।