इनरुवा, मंसिर १२ गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण दिएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं–८ सोनयाही स्थित श्री राष्ट्रीय आधरभुत बिधालयमा युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा जजन्यूज मिडिया प्रा.लि. सुनसरीको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अखतर अजादले खुल्ला सीमाका कारणले हुने लागु औषध ओसरपसार र सेवलाई न्युनिकरण गर्न युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्न आग्रह सहितको कार्यक्रम गरेको बताउनुभयो ।


सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी अपराध अनुसंधान शाखा ईन्चाज प्रहरी निरीक्षक रोमनराज अर्याल र प्रमुख प्रशिक्षक प्रहरी सहायक निरीक्षक सुवाश थापाको उपस्थितिमा वडाका युवाहरु सहित जनप्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधिहरु, बिभिन्न सरोकारबाला संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा युवाहरु सहित स्थानीय माहिला, किसोरकिसोरी सहित समुदायका १०० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा लागुऔषधको परिचय, प्रकार, असर, दुव्र्यसनीमा फस्ने अवस्थाहरु तथा दुव्र्यसनीबाट बच्ने उपाय र कानुनी प्राबधानका बारे प्रशिक्षण दिएको थियो । सहजिकरण र प्रशिक्षण कार्यद्धारा “लागु औषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम” सम्पन गरिएको कार्यक्रम संयोजक जजन्युज मिडिया प्रालिका सुर्मिद आलमले जानकारी दिनुभयो ।


१, सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण गर्दै प्रशिक्षक र अथिति सहित सहभागीहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा