इनरुवा, मंसिर १२ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा नागरिकस्तरमा नेपाल भारतको सम्बन्धमाथि चर्चा गरिएको छ । दूईदेशको सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्नुपर्ने स्थानीयहरुले एक अन्तरकृया कार्यक्रममा सुझाब दिएका छन् । नेपाल भारत खुल्ला सीमा संवाद अन्तरगत सुनसरीको देवनागञ्ज र भारतको नरपतगञ्जका स्थानीय बीचमा भएको अन्तरकृया कार्यक्रममा सो सुझाव दिएका हुन् । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका हुन् ।
नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको र सदियौँ पुरानो नागरिक सम्बन्ध, विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्नेमा जोड दिएका थिए ।
नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको अधिकारकर्मी सन्तोश मेहताले बताउनुभयो । नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा संविधान सभा सदस्य मुंगालाल महतोले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउनुपर्नेे बताउनुभयो । सम्बन्ध स्थापीतको प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता भएको बताउनुहुदै महतोले दूई देशका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको बताउनुभयो । महतोले मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेकाले यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व शिक्षक रामनारायण यादवले भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको नभएर अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेको समयदेखी नै रहेको चर्चा गर्नुभयो ।
यादवले दुवै देशले धुमधामसँग मनाउने चाडपर्व, सामाजिक मूल्य, संस्कार सबैमा समानताहरु मिल्ने भएकाले सीमामा कोही कसैलाई अन्याय गर्न र सहन नहुने बताउनुभयो । नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन्, भन्नुभयो ।
उहाँले थप्नुभयो मूख्य कुरो दुई देशबीच आपसी सम्झदारी छ कि छैन भन्ने मात्रै हो ।


भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरबाट पनि समाधान गर्नुपर्छ बताउनुभयो । उहाँले भन्नुभयो , सीमामा सुरक्षाको कुनै समस्या छैन जनस्तरवाटै सुरक्षा भइरहेको छ, ।
बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या बाहिर देखाइएको हुन्छ त्यस्तो नरहेको बताउनुभयो । उहाँले एकअर्कासँग परिवार जस्तै व्यवहार गरिहेको बताउनुभयो । लोसपाका सहमहासचिव संतोष मेहताले कार्यपत्र प्रस्तुत गर्नुहुदै सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको उल्लेख गर्नुभयो । उक्त सन्धीको बुँदा नम्बर ७ मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ ।
देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले खुला सीमाका कारण जति यो क्षेत्रको विकास भइरहेको छ त्यति सीमा बन्द गरेर हुन नसक्ने बताउनुभयो । उहाँले खुला सीमाका कारण नेपालीले उपचारका लागि सहजै भारत जान पाउँएको र पढ्नका लागि पनि उताबाट एता र एताबाट उता जान पाएको बताउनुभयो । कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सुजीतकुमार झाले भारत शक्तिशाली हुँदैमा व्यवहार त्यस्तो हुन नहुने बताउनुभयो । उहाँ नेपालले लाभ कसरी लिन सक्छ ? भन्नेमा चिन्तन मनन आवश्यक रहेको उल्लेख गर्नुभयो ।


१, नेपाल भारत खुल्ला सीमा संवाद अन्तरगत सुनसरीको देवनागञ्ज र भारतको नरपतगञ्जका स्थानीय बीचमा भएको अन्तरकृया कार्यक्रममा सहभागी अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा