सुरेन्द्र कुशवाहा

इनरुवा, मंसिर १६ गते । सुनसरीको इनरुवामा विज्ञान शास्त्र सहित बाणिज्य तर्फको कक्षा १२ सम्म पढाई सुरु गरेको स्मल हावेन एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ का विधार्थीहरु र स्मल हावेन एकेडेमीले इनरुवाको माँ जानकी पार्टी प्यालेसमा एक भव्य समारोहका बीच कक्षा ११ का विधार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी प्रमुख अतिथिको रुपमा रहनुभएको थियोे । त्यस्तै, विशेष अतिथिका रुपमा प्यापसनका नगर अध्यक्ष रमेश प्रसाद गुरागाई, जिल्ला सहसचिव मनोजकुमार यादव, विधालय व्यवस्थापन समिति महासंघ इनरुवा तथा सरस्वती माविका अध्यक्ष जयकृष्ण यादव, गौतमपुरको जनता माविका प्रअ लिलानाथ सिलवाल, नरसिंहको जनता माविका जदुलाल साह रहेका थिए । अथितिहरुमा विनायक पाण्डे, सतिस साह, विदुर सुवेदी सहित रहेका थिए ।


कलेजका प्रिन्सिपल आषिश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि तथा विद्यार्थीहरुलाई स्वागत गरेका थिए । त्यस्तै, विद्यार्थीहरुको तर्फबाट कक्षा १२ का छात्रछात्राले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका विशेष अतिथि विधालय व्यवस्थापन समिति महासंघ इनरुवा तथा सरस्वती माविका अध्यक्ष जयकृष्ण यादवले इनरुवाको कक्षा १२ सम्मको विज्ञान र बाणिज्य शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजको प्रशंसा गर्नुभयो । ‘शिक्षा क्षेत्रमा स्मल हावेनको पहिचान राम्रो रहेको कुरामा सबै जानकार रहेको छ’ उहाँले भन्नुभयो । यादवले जागिरे, नेता र कर्मचारी बन्ने प्रयास गर्दै शिक्षामा लाग्नुपर्ने तर केही नभएपनि असल नागरिक बन्ने शिक्षा लिन विधार्थीहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि भण्डारीले स्मल हावेन कलेजले तीन वर्षको यात्रामा आफूलाई अब्बल विद्यालयको रुपमा स्थापित गराएको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, उहाँले पछिल्लो समय कक्षा १२ अध्ययनपछि विद्यार्थीहरु विदेशीन बाध्य भएको स्मरण गर्दै त्यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । विषेश अथिति मनोज यादवले नकारात्मक कुरा छोडेर सकारात्मक कुराहरु अँगाल्दै जीवनको लक्ष्य प्राप्तीका लागि अघि बढ्न विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभयो ।
कार्यक्रमका कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए । साथै, २०८१ सालमा कक्षा १२ बाट परीक्षामा जार्दै विद्यार्थीलाई अग्रीम बधाई समेत दिएका थिए ।


प्रिन्सिपल थापाले कलेजले हालसम्म प्राप्त गरेको उपलब्धिलाई समेत कार्यक्रममा बताएका थिए । कार्यक्रममा बोल्दै थापाले भने, ‘शिक्षण संस्था प्रमाणपत्र वितरण गर्ने संस्थामात्र नभएर जीवन रुपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यो शिक्षा दिन हामी प्रतिवद्ध छौँ ।’कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुतिकरण गरेका थिए ।