सुनसरीको इनरुवा नगरपालिका ६ मधेशामा निर्माण गरिएको कवर्ड हल कबाडी हलमा परिणत भएको छ । निर्माण सम्पन्न नहुदै माथिको छानो फुटेको छ भने केही चुहीने अवस्थामा पुगेको छ । निर्माण पूर्ण रुपमा सम्पन्न नहुदाँ अहिले खेल्न बनाएको कवर्ड हल कबाडी हलमा मात्रै परिणत भएन् केटाकेटीका लागि डेटिंग पार्कको रुपमा बदलिएको स्थानीयहरुले गुनासो गरेका छन् । पहिलो स्थानीय तहका सरकारले गरेको काम पूर्ण नहुदाँ खुल्ला जस्तो रहेको र ढोका तथा सुरक्षा बन्दोबस्ती नहुदाँ कवर्ड हल कबाडी हलमा परिणत भएको स्थानीयले बताउनुभयो ।