सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयका शिक्षक (आफूहरुलाई प्रधानाध्यापक भन्न रुचाउने) तेजनारायण यादवले अवैध काम थालेको जनगुनासो बाहिर आएको छ । शिक्षा क्षेत्रमा शुसासन र शैक्षिक बेथितिलाई अन्त्यको माग उठिरहेको बेला शिक्षक यादवले आफूलाई आफ्नै केही शिक्षकको हस्ताक्षरको भरमा आफूहरुलाई प्रधानाध्यापक भन्दै अवैध काम थालेको जनगुनासो बाहिर आएको हो । यादवले परीक्षा बोर्डको निणर्य र सूचना विपरित अवैध रुपमा कुनै आधिकारीक निर्णय विना नै गरिबविपन्न र सर्वसधारण आभिभावकका बालबालिकाहरुबाट कक्षा ९ मा रजिष्टेसन बापतको ३०० रुपियाँ लिनुपर्नेमा ५०० रुपियाँ लिएको र कक्षा १० का विधार्थीसंग परीक्षा र रजिष्टेसन फारमको ५०० रुपियाँ लिनुपर्नेमा १००० रुपियाँ लिनुभएको छ । यादवलाई परीक्षाका नाममा लिएको बढी रकम अर्थात अवैध रकम फिर्ता गर्नुपर्ने माग गरेपछि विद्यालयका व्यवस्थापन समितिको कार्यकक्षको नेम प्लेट र तौलिया चोर्नेदेखी जिल्लान्तर सरुवाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षा समिति बेगर नै अवैधानिक निणर्यसम्म गर्न भ्याउनुभएको छ ।


यादवले तत्काल पाएको प्रधानाध्यापकको जिम्मेबारी २०७९ असोज १६ गते प्रअपदबाट स्वेक्षा र कार्यव्यस्तता देखाउदै राजिनामा दिएपछि पूर्वप्रधानाध्याकको हैसियतमा पुगेकोमा हाल आएर फेरी आफूलाई सिनियर भन्दै अवैधानिक रुपमा प्रअको दावी गरिरहनुभएको र अवैध निर्णय तथा गतिविधि गरिरहनुभएको छ । विद्यालय व्यवस्थापन समितिको विरुद्धमा २०७९ माघ ३ गते उच्च अदालतमा मिना यादवले निवेदन दिएकोमा यादवलाई समेत विपक्षी बनाएको छ भने अदालतको २०७९ माघ ५ गतेको उत्प्रेष्णयुक्त आदेशमा तत्काल कुनै निर्णय नगरी यथास्थितीमा राख्नु भनेको छ ।

तर विवादित यादवले आफ्ै फेरी गैरकानुनी रुपमा प्रअको दावी गरेको र त्यसलाई इनरुवा नगरपालिकाले पनि पृष्टपोषण गर्न लागेको बुझिएको छ । इनरुवा नगरपालिकाले विवादित यादवलाई प्रअको जिम्मेबारी वा आर्थिक कारोबार गर्न दिएमा अदालतको अपहेल्ना हुने जानकारहरु बताउछन् । यादवले दिएको राजिनामा स्किृत गरेको नगरपालिकाले फेरी यादवलाई नै प्रअ बनाउदाँ सामान्य प्रकृया र कानुनी प्रकृया समेत नअप्नाई अदालतको अपहेल्ना हुने तर्फ उद्धत देखिएको एक अधिकारकर्मीले बताउनुभयो ।


विद्यालयका एक पूर्व सदस्यका अनुसार यादवले विगत प्रअ पदमा रहदाँ गर्नुभएको भ्रष्टाचार , अनियमितता र ढिलासुस्ती तथा हाजिरिमा लगाएको टिपेक्स लगायतको कम्जोरी ढाकछोप गर्न पुनः प्रअमा फर्किने आशा गरेका छन् । यादवले भवन निर्माणमा भ्रष्टाचार , पुस्तक र खाजामा भ्रष्टाचार, बुक कर्नरमा भ्रष्टाचार, व्यवस्थापन खर्चमा भ्रष्टाचार, मसलन्द, छात्रवृति, बालविकास खर्च, जग्गा ठेक्का, विधुत, चमेना गृह सहितको नाममा १० लाख बढी रकम हिनाविना गरेका छन् ।
ती सदस्यले भन्नुभयो, सुक्षम रुपमा अनुसंधान र छानविन गर्यो भने यादवले सप्तरीमा खोलेको विष्कुट उद्योग, मोटरसाईकल र दैनिक खाने पान तथा साझँको खर्चलाई हेर्दा अख्तियारको दुरुपयोग गरेको घाम जतिकै छर्लग हुन्छ ।
स्थानीयहरु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले ती तेजनारायण यादवलाई विद्यालयको विवरण, हरहिसाव, अभिभावक भेला, सामाजिक परीक्षण, शिक्षक अभिभावक संघ गठन, विगतका राम्रा अभ्यासहरु र अव गर्नुपर्ने कार्ययोजनाको बारेमा सोध्दा उल्टै धुविकृत गर्ने र गुटबन्दीमा उत्रेर राजनीतिक गर्ने काम गरेको विद्यालय स्रोतले जनाएको छ ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले तत्कालिन प्रअ यादव सहित सबैको पक्षको अवरोधका बीचमा काम गरेको र एतिहासिक कक्षा ११ संचालन आफूले एकलो प्रयासमा गरेको बताउनुभयो । त्यसमा केही जनप्रतिनिधि र तत्कालिन प्रअ यादव सहितका केही अवरोधकहरुले उच्च कक्षा चलाउने महान अभियान रोकेर उनीहरुले विगतमा गर्दै आएको भ्रष्टचाार, अनियमिता, ढिलासुस्तीलाई बढवा दिने दुसप्रयास गरेको यादवले बताउनुभयो । यादवले बैधानिक कुरालाई अवैधानिक भन्ने र अवैधानिकलाई बैधानिक भन्ने गलत मनसाय भएकाहरुको कारणले शैक्षिक सुधारमा समस्या देखिएको प्रतिकृया दिनुभयो । शिक्षक जेतनारायण यादवको सावलमा अध्यक्षले यहाँ मात्रै नभई पहाडी जिल्ला र सदरमुकाम इनरुवाकै भगवती माविमा हुदाँ समेत विवादित छवीका पात्र भएको टिप्पणी गर्नुभयो ।
उता इनरुवाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले छानविन र अनुसंधानको क्रममा रहेको र बुझेर अगाडि बढ्ने प्रतिकृया दिनुभयो । इनरुवा नगरस्रोतका अनुसार केही राजनितिक दबाद र केही गलत समूहको दबाबले विबादित पात्रलाई झनै प्रोत्साहन गर्ने कार्यमा लागेको छ ।