सितल यादव
इनरुवा, पुस ७ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ५ बलाहामा रहेको नवयुग एकेडेमी प्रा.लि. १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानले संचालक समितिका तर्फबाट संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले आर्थिक वर्ष २०७९।०८० का लागि क्ल तीन करोड ८९ लाख ६२ हजार आम्दानी हुने लक्ष्य राखिएकोमा यर्थतमा तीन करोड १६ लाख ७० हजार २६५ रुपियाँ ५५ पैशा आम्दानी भएको र कुल खर्च तीन करोड ८८ लाख ५७ हजार हुले लक्ष्य राखिएकोमा यर्थातमा तीन करोड ५४ लाख १८ हजार ८६२ रुपियाँ ६५ पैसा खर्च भई कुल आम्दानीको ८१ दशमलव २८५ प्रतिशत मात्रै आम्दानी भएको छ । त्यसैगरी खर्चमा ९१ दशमलव १५२ प्रतिशत खर्च भई यस आर्थिक वर्षमा ३७ लाख ४८ हजार ५९६ रुपियाँ ८० पैसा संचालन खर्च बढी भएको आय व्यय प्रस्तुत गर्नुभयो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सल्लाहकार खेमराज पोखरेल, पोष्टकुमार नेपाल, गोविन्दप्रसाद पोखरेल, लेखनाथ पौलेल सहितलाई सम्मान गरिएको थियो । अथितिका रुपमा जिवनाथ पोखरेल, दाताराम पोखरेल, शिवकुमार पोखरेल, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम एकेडेमीका प्रबन्ध संचालक खगेन्द्र पोखरेलले संचालन गर्नुभएको थियो भने प्रिन्सिपल तुलसी प्रसाद नेपालले स्वागत मनतब्य राख्नुभएका थियो । एकेडेमीमा ९ सय ३९ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ४० जना शिक्षक र स्विपर, चालक सहित २५ जना कर्मचारी कार्यरत रहेको संस्थाका खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । साधारण सभाकाबिच एकेडेमीमा अध्ययरत विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत पस्केका थिए । सभामा सदस्यहरु अन्जनी कुमार न्यौपाने, केदार पौडेल, डम्बरुबल्लभ भण्डारी, धनराज भट्टराई, रीता आचार्य, भोजराज खानाल सहित सधारण र सेयर सदस्यहरुको उपस्गिथती रहेको थियो ।