सुनसरी सदरमुकाम इनरुवामा इनरुवा नगर शैक्षिक सुधार अभियानको बैठकले अभियानमा केही सदस्य र सहाल्लाहकार मनोनित सहित बिस्तार गरिएको छ । इनरुवामा सम्पन्न भएको बैठकमा उपस्थिति भएकाहरुले शिक्षा सुधार र विकास विस्तारको लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका छन् । शनिबारको बैठकमा इनरुवा नगर शैक्षिक सुधार अभियानको बिस्तार सम्बन्धमा भएको निणर्य अनुसार सदस्यमा सत्यनारायण मण्डल, गोपाल मेहता, रामशंकर साह, हृदर्यनारायण सिंह, बाबुजी खत्वे, बौध नारायण मेहता, रामसुन्दर मेहता, लखन खत्वे, रामवृक्ष साह, अनिल श्रेष्ठ, अन्जना गुप्ता, सिंहेश्वर मेहतालाई चयन गरिएको छ ।

त्यसैगरी सल्लाहकारमा अधिवक्ता असोक मेहता, कृष्ण थापा, सुरेन्द्र मेहता, नविनचन्द्र साह, सत्यनारायण खत्वे र सुधिर गुप्ता रहनुभएको संयोजक दिलिपचन साहुले जानकारी दिनुभएको
छ । त्यसैगरी अभियानको ४० मुदें माग तथा सुझाव सहितको अपिल छाप्ने निणर्य गरेको छ । अभियानको मुख्य लक्ष्य इनरुवालाई एकदिन एजुकेसन हब बनाउने हो ।