इनरुवा, पुस १६ गते । नेपाली कांग्रेस सुनसरीले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । दिवशको अवसरमा नेपाली कांग्रेस सुनसरी पार्टी कार्यालय इनरुवामा आयोजित अन्तरकृया कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजिव कोईरालाले मेलमिलाप दिवशले पार्टीका नेता कार्यकर्तालाई जोड्न सार्थक सन्देश दिएको बताउनुभएको छ । प्रमुख अथिति कोईरालाले आफ्नो पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा मनाउदै आएको मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको र यसले नेता कार्यकर्ताहरुलाई जोड्ने काम समेत गरेको बताउनुभयो ।

कांग्रेस पार्टीमा केन्द्रीय देखी स्थानीय तहसम्म केही मात्रामा रहेका मतभेदहरुलाई अन्त्य गर्न समेत दिवशले योगादन गरेको बताउनुभयो । नेता कोइरालले एकता, सहकार्य र मेलमिलापको माध्यमबाट सबै खाले समस्या समाधान हुने भएकाले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी भित्रको लोकतन्त्र मजबुत पार्नका लागी योगादन गर्न आग्रह गर्नुभयो । उहाँले अग्रेंजी नयाँ वर्ष जनवरी १ तथ राष्ट्रिय पोसाक एवं टोपी दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना सहित नेपाली कांग्रेस सुनसरीद्वारा आयोजित मेलमिलाप दिवस कार्यक्रममा उपस्थिति भएकाहरुलाई शुभकामना दिनुभयो । उहाँले महाननेता वीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाउर्दै आएको चर्चा गर्नुभयो ।


कांग्रेसका सुनसरी सभापती केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । काग्रेंसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ ।
पार्टीका जिल्ला सचिव बीरेन्द्रकुमार साहले भारत निर्वासनमा रहँदा वीपी कोइराला लगायत नेताले राष्ट्रियता, एकता तथा मेलमिलापको नीति लिई आजकै दिन स्वदेश फर्केको स्मरणमा दिवशको आयोजना गरेको बताउनुभयो ।
पार्टीका इनरुवा सभापती एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपी बाबुलगायत नेता ज्यानको बाजी थापेर स्वदेश फर्केको र देशका लागि योगादन गरेको चर्चा गर्नुहुदै दिवश मनाएको बताउनुभयो ।


१, नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य राविज कोईराला सहितका नेताहरु ।
तस्विर ः